मंगोलियन हार्टद्वारा ठमेलमा लाइभ कन्सर्ट हुने

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७९, बिहीबार

काठमाडौं । काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा चर्चित मंगोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ ।
गायक लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।

कन्सर्टमा ‘भ्वाइस अफ नेपाल’ का कोच समेत रहेका गायक लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादलपारिको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीत प्रस्तुत गर्नेछन् ।
टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार यसअघि टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङलगायतले लाइभ ब्याण्डसहित सांगीतिक प्रस्तुति दिएका थिए ।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु