ट्रेण्डिङमा उक्लिँदै राम सिटौलाको शब्द, संगीतमा ‘घुम्न जाऊँ न’

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७८, आईतवार

काठमाडौं । संगीत गुरु एवं लोकप्रिय संगीतकार राम सिटौलाको शब्द तथा संगीतमा रहेको गीत ‘घुम्न जाऊँ न’ यतिखेर ट्रेन्डिङको ट्रेन्डलाई पछ्याउँदै अगाडि बढेको छ । गीतमा शैलेन्द्र मुडभरीको स्वर रहेको छ । विश्व अधिकारीको संगीत संयोजन रहेको छ भने विप्लव अधिकारीले मिक्सिङ गरेका छन् ।

गीतको म्यूजिक भिडियोलाई कार्टुन क्रुजले निर्माण गरेको छ । भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । भिडियोलाई सरोज अधिकारीले नै सम्पादन गरेका छन् भने निर्देशन तथा भिडियो कन्सेप्ट सरोज अधिकारीको नै रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु