• गायनमा व्यस्त हुँदै रमा अर्याल

    म्यूजिक खबर
    प्रकाशित: २ माघ २०७०, बिहीबार

    काठमाडौं, १ माघ । नयाँ नयाँ गायक गायिकाहरु संगीत उद्योगमा भित्रिने क्रममा गायिका रमा अर्याल पनि नयाँ गायिकाको रुपमा पर्ने गर्छिन् । उनले केही समय पहिला ‘गन्तव्य’ नामक एल्बम बजारमा ल्याएर आफूलाई गायिकाको रुपमा स्थापित गराउने जमर्को गरिन् । गायिका रमाले गन्तव्यमा गाएको गीत तिम्रो के राशि र कहाँ लाग्छ मायाले राम्रै चर्चा पनि पायो । जसले गर्दा गायिका रमालाई गायनमा अझ हौसला मिल्दै गयो । गायिका रमाले संगीतको अध्ययनलाई पनि जारी राख्दै अहिले भने नयाँ गीत रेकर्ड गराएकी छन् । परदेश जानेहरुले देश, परिवार भुलेर उतै बसोबास गरिरहेको अवस्थालाई उजागर गर्दै उनले नयाँ गीत भुलिगयो परदेशीले…भर्खरै रेकर्ड गराएकी छन् । सुमन बैरागीको शब्द दीपक शर्माको संगीत रहेको उक्त गीतले पुनः गायनको क्षेत्रमा स्थापित गराउने आशा उनले लिएकी छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु