• स्रष्टा र संस्कृतिको संरक्षणका लागि ‘रामचन्द्र चन्द विशेष सांगीतिक साँझ’ हुने

    म्यूजिक खबर
    प्रकाशित: २९ भाद्र २०८१, शनिबार

    काठमाडौं । गायक रामचन्द्र चन्दको एकल सांगीतिक साँझ हुनेभएको छ । ‘संस्कृतिका लागि श्रष्टाका लागि – रोग बाड्न सकिन्न, दुःख बाड्ने सकिन्छ’ भन्ने नारा लाई आत्मसात गर्दै उनी एकल साँझमा प्रस्तुत हुने भएका हुन् ।

    आगामी असोज १४ गते सोमबार गुल्मी कलाकार समाज, काठमाडौंको आयोजनामा सांगीतिक साँझ हुने भएको हो । त्यस्तै गुल्मेली समाज, काठमाडौं कार्यक्रमको सहआयोजनाको भूमिका रहेको छ । ‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’ नाम दिइएको उक्त कार्यक्रमलाई डिस होमद्वारा सन्चालन हुने भएको हो ।

    सांस्कृतिक संस्थान, जमलमा हुने सांगीतिक साँझ सेवाभावका लागि आयोजना गर्न लागिएको कार्यक्रमकी संयोजक रहेकी गायिका मन्जु पौडेलले हामीलाई बताइन् ।

    सेवाभावको उदेश्यले हुने सांगीतिक साँझको आयोजना गरिएको कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ गायिका पौडेलले सुनाइन् ।

    गायक चन्दले गुल्मी जिल्लामा जन्मेर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अनवरत प्रस्तुती दिँदै आएका छन् । गायक चन्दका दर्जनौं गीत अहिले पनि उत्तिकै मात्रामा चर्चामा रहेका छन् । बहुप्रतिभाका धनी गायक चन्दले विभिन्न बिधाका गीतहरु गाएका छन् ।

    गायक चन्दले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन् । स्रष्टा र संस्कृतीको संरक्षणका लागि आयोजित कार्यक्रममा आर्थिक, नैतिक र भौतिक साथ सहयोगको अपिल गर्दै सबैलाई खुला निमन्त्रणा गरिएको संयोजक पौडेलले जानकारी गराइन् ।

    हाल कार्यक्रमको सहयोगी संस्थाको रुपमा दयन्ती शेषकान्त सापकोटा स्मृती प्रतिष्ठान जोडिएको छ । कार्यक्रमको सहकार्यको लागि ९८४१०२०२३२, ९८५७०६४०६७ मा सम्पर्क गर्न सकिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु