
काठमाडौं । नेपाली गायनको क्षेत्रको चर्चित सांगीतिक जोडी हुन् रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्ले । यो वास्तविक जोडीले यतिबेला युगल गायन रहेको ‘कल्ले भन्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिनेश सुवेदीको शब्द सन्तोष प्रगाढको संगीत रहेको छ । प्रियासी रेकर्डिङ स्टुडियो, अनामनगरमा रेकर्डिङ गरिएको गीतलाई संगीत संयोजन समेत सन्तोष प्रगाढले नै गरेका हुन् ।
बबिता श्रेष्ठको निर्देशन रहेको भिडियोमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायको अभिनय रहेको छ । सम्पादन र रंग संयोजन राजेन्द्र पुरीको रहेको छ । मल्लिका राजोपाध्यायले निर्माण गरेको भिडियोलाई उत्तम हुमगाईंले खिचेका हुन् ।