रामचन्द्र र सानुको ‘उछिट्याने दाउ’

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०७९, मंगलवार

काठमाडौं । रामचन्द्र काफ्ले र सानु महराको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तुलसी बाँस्कोटाको शब्द तथा संगीत र राजिव शाहको एरेञ्ज रहेको उछिट्याने दाउ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

डिएआर डिजिटल नामक युट्युव मार्फत सार्वजनिक भएको गीतको भिडियो दिपेश एसकेले निर्देशन गरेका हुन् । नरेश ऐरले छायाँकन गरेको भिडियोमा दिपेश एसकेका साथमा भावना सिंह, विजय रिमाल र सबिना मगरको नृत्य र अभिनय रहेको छ भने तुलसी बाँस्कोटाको सम्पादन र कृष्ण गौतमको रंग संयोजन रहेको छ ।

म्यूजिक खबर डटकम www.musickhabar.com को अनलाइन टिभी musickhabar youtube channel पनि सञ्चालित छ । फेसबुक, टिकटक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । म्यूजिक खबरमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई musickhabar.com@gmail.com मा पठाउनु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु