रमेश परियारको “जोडी ढुकुर” सार्वजनिक(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

आर.सी सापकोटा र रेजिना परियारको सुमधुर स्वर रहेको “जोडी ढुकुर” बोलको गीत सार्वजनिक भएको छ । निकै लामो समय देखी नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटीरहेका छन् । उनले यस अगी पनि आफ्नो सृजनामा निकै कर्णप्रिय गीतहरु बजारमा ल्याईसकेका रमेश परियारले
पछिल्लो समय “जोडी ढुकुर” मार्फत बजारमा आएका छन । गीतको म्युजिक भिडियोमा सारिका के.सी र सुमन परियारको अभिनय देख्न सकिन्छ । सुमन परियार यस गीतकी गायिका रेजिना परियारको आफ्नै भाई हुन् । म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक बिस्टले गरेका छन् । गीतको म्युजिक भिडियोलाई आर.सी सापकोटा नामक युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु