राष्ट्रभावको गीत ‘ए झण्डा’ बाट रमेश र भोलाले चुमे अवार्ड

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७७, सोमबार

काठमाडौं । गीतकार रमेश दहाल र बरिष्ठ रेकर्डिस्ट तथा ध्वनी सम्पादक भोला पौडेलले अवार्ड चुम्न सफल भएका छन् । सातौं नेशनल क्यापिटल अवार्ड २०७७ आज नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा रमेशले राष्ट्रभावको गीतकारको तर्फबाट अवार्ड चुमेका हुन् भने भोलाले यसै गीतबाट मिक्सिङ विधाको अवार्ड चुम्न सफल भएका हुन् । गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत र सुप्रसिद्ध गायक रामकृष्ण ढकालको स्वर सुन्न सकिन्छ । गीतमा मनोहर सुनामले सङ्गीत संयोजन गरेका हुन् ।

उक्त अवार्ड समारोहमा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो । गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु