
श्रावण २९, काठमाडौं । ‘खुल्ला छ है मनको ढोका’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।
कडरिया इन्टरटेन्टमेन्टको प्रस्तुतीमा सार्वजनिक भएको उक्त भिडियो युट्युब मार्फत बजारमा आएको हो। स्मृती किरणको एल्वमबाट बजारमा ल्याइएको उक्त गीतको शब्द राजन पोखरेलको रहेको छ।
गायक रमेश अनजान कडरियाको रहेको गीतमा अर्का कलाकार रमेश कडरियाले संगीत भरेका छन् भने, फुर्बा दोर्जे मोक्तान तामाङ र सुस्मा थिङ तामाङको अभिनय रहेको छ।
‘खुल्ला छ है मनको ढोका’ बोलको आधुनिक गीतको एरेन्जर सुमन केसीले गरेका छन्। त्यस्तै अमिर माबोको निर्देशन तथा छायाँकनमा निर्माण भएको उक्त आधुनिक गीतमा राजेन्द्र खड्काको सम्पादन रहेको छ।
हेर्नुहोस् भिडियो :