• रमेशको शब्द,संगीत, अमित र सुनिताको स्वरको उत्कृष्ट संयोजनमा : ‘यो मुटुको घाऊ’

    म्यूजिक खबर
    प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

    काठमाडौं । माया प्रेममा बिछोड भएका मायालु जाजोडिहरूका कथालाई विषय बनाएर तयार पारिएको ‘यो मुटुको घाऊ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अमित सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतमा रमेश परियारको रचना तथा संगीत रहेको छ । त्यस्तै बिश्वास नेपालले एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका हुन् ।

    बिनोद भण्डारीको निर्देशनमा तयार भएको हो । करण चैसिरले छायांकन गरेको भिडियोमा शिशिर पौडेल जुना गुरुङको अभिनय रहेको छ ।
    गीतको भिडियो अमित सापकोटा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । युट्युवमा दर्शक श्रोताबाट गीतको शब्द संगीत र स्वर लगायत भिडियोको पक्षलाई सकारात्मक प्रतिक्रिया आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु