रमेशको ‘आँखा’ बजारमा

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७०, आईतवार

काठमाडौं । पछिल्लो समयमा एल्वमहरुको बाढिनै आएको छ । बजारमा एल्वमको बिक्रि नभएतापनि कलाकारहरुको सोखका कारण एल्वम बजारमा आइरहेका छन् । यस्तै क्रममा गायक तथा संगितकार रमेश श्रेष्ठ मेलोडिको ‘आखा’ नामक एल्वम बजारमा आएको छ । ०६० सालदेखि शास्त्रीय संगीत अध्ययन गरेका श्रेष्ठले आफ्नो गायन क्षमतालाई दर्शकहरुमाझ सुनाउन एल्वम बजारमा ल्याएको सौयैलाई बताए ।
६ गीत समावेश एल्वममा मैले माया गरे तिमीलाई, मैतिर हेरी मस्किने नानी, रोपी दियो यो दिलमा, एकान्तमा नआउ, आखा“ आखा“ जुध्यो र खैत रात छिप्पिएकै छैन बोलको गितहरु समावेश गरिएको छ । एल्वममा प्रेम भारती, बसन्त राई, शंकर अधिकारी, रमेश श्रेष्ठ र माधव खरेलको शब्द रहेको छ, भने एल्वमको दुई गीतमा निमेष सुब्बा र शशि विक्रम थापाले स्वर दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु