रमेश श्रेष्ठ र कन्चन के.सी.को मौलिक गीत “घाईते मुटु उपहार” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७५, बिहीबार

काव्य म्युजिक सेन्टरको उत्पादनमा सुजिता आचार्य र अमृता बन्जाराको नयाँ मौलिक लोक दोहोरी गीत “घाईते मुटु उपहार” को म्युजिक भिडियो संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ । मौलिक गीत संगीतका प्रखर गायक रमेश श्रेष्ठ र कन्चन के.सी.को सुमधुर स्वरमा सजिएको यस गीतमा रमेश श्रेष्ठ कै लय तथा कन्चन केसी र सिन्धुको शब्द सिर्जना रहेको छ ।

गौरव गिरीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा राज तामाङ, संचारकर्मी शिवराम भण्डारी, सन्ध्या, बेनिशा लगायतको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रमेश श्रेष्ठले नै गरेका हुन् भने छायांकन  सागर गौतमको र सम्पादान रमित ओलीको सम्पादन रहेको छ । “घाईते मुटु उपहार” बोलको गीतलाई दृश्य निर्माण भने डी आर फिल्म्स प्रालिको रहेको छ । माया प्रेममा हुने विछोडको मर्म र पीडालाई यस गीतको मुख्य विषयवस्तु बनाईएको गायक, निर्देशक तथा सर्जक रमेश श्रेष्ठले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु