सञ्चारकर्ममा जस्तै निर्देशनमा पनि अब्बल रामजी !

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७७, शुक्रबार

काठमाडौं । सञ्चारकर्ममा राम्रो छाप छोड्न सफल रामजी ज्ञवाली पछिल्लो समय निर्देशनमा पनि अब्बल सिर्जनशीलता प्रस्तुत गर्दै आएका छन् । यहिक्रममा उनको निर्देशनमा तयार रहेको सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक भएको छ ।
दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो छ । चलचित्रमा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, चलचित्रलाई निर्देशक ज्ञवालीले सुखद् अन्त्य गरिदिएका छन् ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ । राम्रो इन्टरटेनमेन्टको सह निर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।

एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो । चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
चलचित्रले सामाजमा युवापुस्ताको बढ्दो विदेश मोह र त्यसले प्रेम भ्रममा पार्ने असरलाई प्रस्तुत गर्नेरहेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु