
गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको लोकगीत ‘चाँदनी’ सार्वजनिक गरिएको छ । लय तथा शब्द सुजन लम्सालको रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् ।
पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतको अभिनय देख्न सकिन्छ । दुवैको भिडियोमा रोमान्स सुहाएको देख्न सकिन्छ ।
विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन छ ।