रामजी खाँडको नेतृत्वमा स्याङ्जा स्रष्टा सदन

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७६, आईतवार

पोखरा । स्याङजामा जन्मिएर कलाकारितामा लागेका कलाकारहरुको छाता संगठन ‘स्याङजा श्रष्टा सदन’को प्रथम अधिवेशनबाट चर्चित गायक रामजी खाँडको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
यसअघि सर्जक रमेश बिजीको अध्यक्षतामा रहेको स्याङ्जा स्रष्टा सदनको पहिलो बैठकबाट रामजी खाँडलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा शिव हमाल, द्वितीय उपाध्यक्षमा खुमन अधिकारी, महासचिवमा घनश्याम रिजाल, उपमहासचिवमा शंकर विरही गुरुङ, सचिवमा रमेश बाबु थापा, कोषाध्यक्षमा भिमु गुरुङ र सह— कोषाध्यक्षमा प्रसाद लामिछाने सर्वसम्मत चयन भएका छन् ।

समितिको प्रवक्ताको जिम्मेवारी कलाकार निर आलेले पाएका छन् । यस्तै सदस्यहरुमा राजु गुरुङ, सुजन लम्साल, राजन कार्की, विक्रम गुरुङ, नर बहादुर राना “सुरेश”, चेतन गोतामे, प्रकाश पराजुली, कमला गैरे, बत्ती थापा चयन भएका छन् ।

उक्त संस्थाले स्याङजाबाट जन्मिएका स्याङजाली कलाकारहरुको हक,हित र संरक्षणका लागि काम गर्ने अध्यक्ष रामजी खाँडले बताए । स्याङजाबाट जन्मिएका कलाकारहरुलाई कुनै किसिमको समस्या परे संस्थाले सहयोग गर्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु