• नेपाली कलाकारले गाए विश्व कप २०२२ को अफिसियल गीत “हाया हाया बेटर टुगेदर” को कभर

    म्यूजिक खबर
    प्रकाशित: २ पुष २०७९, शनिबार

    काठमाण्डौ । १५० देशका राष्ट्रगान गाउँन सक्ने विश्व राष्ट्रगान यात्री रामजी नेपाली नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले विश्व कप २०२२ को अफिसियल गीत “हाया हाया बेटर टुगेदर” गाएका छन् । विश्व राष्ट्रगान यात्री रामजी नेपालीको स्वर मा रहेको उक्त गीतमा गायिका कामना क्षेत्रीले स्वरमा साथ दिएकी हुन् । यस गीतको निर्माण सामाजिक युवा अभियन्ता होमलाल पुनले गरेका हुन् ।

    बागलुङ्ग नगर पालिका ६ भिरलाङ्खुरीमा बाबा जित बहादुर नेपाली र आमा जुना कुमारी नेपाली को कोख बाट २०३५ फागुन ५ गते जन्मेका विश्व राष्ट्रगान यात्री रामजी नेपाली नेपाल र नेपाली को पहिचान विश्व भर फैलाउने उद्धेश्य बोकेर विश्व यात्रामा निस्किएका छन ।

    जती दु:ख कठिनाइ आउँछ , त्यती यात्रा अझ मजबुत बन्छ , रोमाञ्चित बन्छ र त्यसैले उर्जा दिन्छ ” विश्व राष्ट्रगान यात्री रामजी नेपाली ले भने ।
    कामना छेत्री नेपाली सङ्गीत क्षेत्रमा उदयीमान गायिका हुन् ।

    बागलुङ्ग नगर पालिका १३ बास्कोटमा २०६० बैशाख ७ गते बाबा टिका बहादुर क्षेत्री र आमा सुनिता क्षेत्री को कोखबाट जन्मेकी गायिका क्षेत्री सानै उमेर देखी गीत गाउँने ,गीतार , सारङ्गी बजाउँने , चित्रकला , ह्याण्डीक्राफ्ट का सामान बनाउँने रुची बताउँछिन् ।
    त्यसो त उनका बाबा टिका क्षेत्री “प्रकृति” नेपाली गीत संगीत क्षेत्रमा स्थापित नाम हो ।

    “अग्रेजी गीत गाउँन एक्सेन्ट , टोन , टेक्निक सबै कुरा चाहिन्छ , जुन कुरा मैले गायिका कामना क्षेत्रीमा पाएँ , त्यसैले मेरो दायित्व बोध भएर वर्ल्ड कप २०२२ को अफिसियल गीत ” हाया हाया बेटर टुगेदर” मा उहाँलाई मैले डेब्यु गराएँ । ” विश्व राष्ट्रगान यात्री रामजी नेपालीले हामी सँगको कुराकानीमा बताए ।

    विश्व राष्ट्रगान यात्री रामजी नेपालीको संगीत संयोजन रहेको यस कभर गीतको रेकर्डिस्ट साहिल गायक हुन भने मिक्सिङ्ग सन्तोस पौडेलले गरेका हुन् ।
    त्यस्तै भिडियो निर्देशन विश्व राष्ट्रगान यात्री रामजी नेपाली को रहेको छ भने क्यामरामा टिका क्षेत्री ” प्रकृति” , भिडियो सम्पादन बिबेक बि. क.को रहेको छ ।

    विश्व यात्राको दौरानमा रहेका नेपालीले केहि समय पछी फेरी हामी अर्को अग्रेजी गीतको रेकर्डिङ्ग गर्छौ भन्दै हामी सँगको कुराकानीमा जानकारी गराए ।

    १५० देशका राष्ट्रगान गाउँन सक्ने विश्व राष्ट्रगान यात्री रामजी नेपाली नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य सहित ” बिश्व बन्धुत्व , साँस्कृतिक पर्यटन र सद्भावना ” को मुल नारा सहित विश्व यात्रामा निस्किएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु