रामकृष्ण ढकालको ‘मान्छे किन जन्मन्छ ?’

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालको स्वरमा तयार भएको ‘मान्छे किन जन्मन्छ ?’ बोलको गीत सार्वजनिक भएको छ। चलचित्र निर्देशक मनोज पण्डितद्वारा रचना गरिएको गीत संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका हुन् । गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् ।
अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्ग भएको गीतका रेकर्डिस्ट राजा बाबु चौधरी हुन् भने ध्वनि सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।

अल थ्रि मोटिभ स्टुडियोको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक मनोज पण्डित आफैले गरेका हुन् । भिडियो सम्पादन सन्तोष दवाडीले गरेका छन् भने कलरिङ्गपदम तिमल्सिनाले गरेका हुन् । क्यामरामा प्रकाश गोपाली रहेका छन् । उक्त गीत संगीतकार चक्रपाणि तिमल्सिनाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु