• कर्णप्रिय गीत ‘दिन ढल्यो’मा रामकृष्णको स्वर, रामको संगीत र हिमान्सुको शब्द

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०८०, मंगलवार

    दिन ढल्यो काठमाडौं । रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘दिन ढल्यो’ सार्वजनिक भएको छ । हिमान्सु रायमाझीको शब्द, राम सिटौलाको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा प्रज्वलजंग कार्की, अनिमा विश्वकर्मा, रितेश ढकाललाई फिचरिङ गरिएको छ । मिलन शंकरको छायाँकन रहेको भिडियोमा फराज अर्पणको सम्पादन एवं कलर छ । भिडियोलाई समीप इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु