‘भिझाएर आँशु’ सहित आए कुमार, रामकृष्ण र दिपक

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

काठमाडौं । नेपाली समाजमा रहेको दुई पुस्ता बीचको द्वन्द्वको कथालाई समेटेर तयार पारिएको ‘भिझाएर आँशुु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतलाई गीतकार कुमार सिवाकोटीले लेखेका हुन्। दिपक शर्माले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ। भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु