
लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर आवाजमा ‘पैसाको रुख’ बोलको मर्मश्पर्शी गीत सार्वजनिक भएको छ । राम खनालको शब्द रहेको उक्त गीतमा रमेश कडरियाले संगीत भरेका छन् ।
कडरिया इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा रमेश कडरिया र लक्ष्मी बर्देवा फिचरिङ भएका छन् ।
गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका छन् भने बुद्द थापाको छयांकन रहेको छ !
हेर्नुहोस् भिडियो !