• एकल साँझ गर्दै रामकृष्ण

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७०, मंगलवार

    काठमाडौं, २७ फागुन । चर्चित गायक रामकृष्ण ढकालले एकल साँझ गर्ने भएका छन् । मंगलबार राजधानीमा एक प्रेस भेटघाटको आयोजना गरी आफ्नो एकल साँझको आयोजना गर्ने घोषणा गरेका हुन् । ग्रीस्मा इन्टरटेनमेन्टको आयोजनामा गर्न लागिएको उक्त कार्यक्रमलाई आगामी चैत ३० गते बेलुका पाँचतारे होटल याक एण्ड यतिमा भव्य कार्यक्रमका बीच ‘ढकाल एकल साँझ – तेस्रो २०७०’ आयोजना गरिने भएको छ । एकल गायनको रुपमा तेस्रोपटक आयोजना गरिएको ढकाल एकल साँझमा उनले करिब दुई दर्जन गीतहरु प्रस्तुत गर्ने भएका छन् । उनका साथमा करिब २५ जनाभन्दा बढी दार्जिलिङ र स्वदेशका वरिष्ठ बाद्यवादकहरुले ढकाल एकल साँझमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन् भने ढकालका साथमा केही नाम चलेका गायक गायिकाहरुले पनि गीत प्रस्तुत गरिने कार्यक्रममा जनाइएको छ ।
    तीन दशकभन्दा लामो सांगीतिक यात्रा गरिसकेका गायक ढकालले एकदर्जनभन्दा बढी एल्बमहरु पनि बजारमा ल्याइसकेका छन् । केही समयअघि मात्र ‘बाँचुन्जेलीलाई’ सार्वजनिक गरेका थिए । चर्चित गायिका लता मंगेशकरसँग बाँचुन्जेलीलाई एल्बममा गीत गाएका रामकृष्ण ढकालले विदेशका धेरै कार्यक्रमहरुमा आफ्नो गायन प्रस्तुत गरिसकेका छन् ।
    स्वर सम्राट नारायण गोपाल पछिको सांगीतिक खाडल पुर्न सक्ने गायकको रुपमा उदाएका ढकालले सांगीतिक जीवनमा धेरै सांगीतिक कार्यक्रमहरुमा प्रस्तुत गर्नुका साथै ढकाल सुमधुर साँझको नामबाट पनि उत्तिकै चर्चा बटुलेका छन् । गायनका माध्यमले आफ्नो उचाइ कायम गर्न सफल ढकालले चलचित्र, आधुनिक, पप, लोक, भजन, गजल, राष्ट्रिय गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । आफ्नै जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्र आशिर्वादमा पनि आफूलाई प्रमुख पात्रका रुपमा प्रस्तुत गरिसकेका ढकालले आयोजना गर्न लागेको ढकाल सुमधुर साँझलाई ग्रीस्मा इन्टरटेनमेन्टले इभेन्टको जिम्मा लिएको छ ।  प्रेस भेटघाटमा ढकालले समुधुर साँझको बारेमा प्रष्ट पारेका थिए ।

    ramkrishna_dhakal

     

    ramkrishna dhakal1

     

    ramkrishna dhakal_1

     

    ramkrishna dhakal

     

    ramkrishna

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु