ठमाडौं । लोकप्रिय गायक तथा सर्जक राम कुमार कार्कीको लोक दोहोरी गीत ‘डाँडा गाउँकी ठुली र सानी’ सार्बजनिक भएको छ ।
गीतलाई साजन पराजुलीले शब्द लेखेका हुन् भने लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेले लय भरेका छन् ।
गीतमा प्रस्तुतकर्ता स्वयम रामकुमार कार्की र गायिका पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । आर के मिलनको संगीत सयोजन रहेको यस गीतलाई एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको रेकर्ड कर्ण सन्ज्यालले गरेका छन भने ध्वनि संपादन, मिक्सिङ र मास्टर गोबिन्द सोनीको रहेको छ । गीतको भिडियोमा जेरी भण्डारी ,अस्मिता ढकाल ,शौरभ जंग कार्की र आयुसा गौतमको अभिनय देख्न सकिनेछ ।
सांग्रीला क्रियशनको पोस्ट प्रोडक्सनमा बनेको दोहोरी भाकालाई जेरि भण्डारीले निर्देशन गरेकी हुन् । करण चैसिरको छायांकन र बिनोद बमको सम्पादन रहेको गीतलाई रामकुमार कार्की आफिसिएल युटुब च्यानल मार्फत सार्वाजनिक गरिएको हो ।