• ‘म्हेन्दोमाया साम्राज्ञी’ रमलाको संगीत र समाजसेवासँगसँगै (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०८०, आईतवार

    काठमाडौं । लामो समयदेखिदेखि सांगीतिक क्षेत्रमा अनवरत रूपमा लागेकी गायिका हुन् रमला पाख्रिन तामाङ । विशेषतः म्हेन्दोमाया गायनमा उनको ठूलो योगदान रहेको छ । ‘म्हेन्दोमाया साम्राज्ञी’को रुपमा उनको नामलाई सम्बोधन गर्ने गरिन्छ ।

    उनै रमलाले संगीतमा मात्र होइन समाजसेवामा समेत समर्पित हुने गरेकी छिन् । यहि क्रममा ‘धुन’ बोलको गीत सार्वजनिक गर्ने बहानामा उनले एकसाथ मानविय सेवा पनि गरेकी छिन् । गीत सार्वजनिक कै अवसरमा तारकेश्वर – १०, मनमैजु, काठमाडौं स्थित एकिकृत समृिद्ध नेपाललाई रमलाले बिभिन्न खाद्यान्न सहयोग गरेकी हुन् ।

    एकिकृत समृिद्ध नेपालमा रुकुम र जुम्लामा जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिका छोरा छोरीहरु हालः ३ दर्जन भन्दा बढी बस्ने र पढ्ने गर्छन् । ‘तिनीहरुलाई केही मात्र भएपनि भोक भेटाउन सकुँ भनेर यो सहयोग गरेकी हुँ’ रमलाले बताइन् । उनले बिगतमा पनि संगीतसँगै समाजसेवामा आफूलाई अग्रसर गराउँदै आएकी छिन् ।

    सार्वजनिक यस गीतमा रमलालाई गायनमा कमल खत्रीले साथ दिएका छन् । गीतमा शब्द, संगीत समेत कमल खत्रीको नै रहेको छ ।
    यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मिरुना मगर र गणेशमान घलेको जोडदार अभिनय रहेको छ । यस गीतलाई रमला पाख्रीन तामाङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    गीतसंगीतमै अढाइ दशक बिताइसकेकी रमलाले यहाँसम्म आइपुग्दा ६ सयभन्दा बढी गीत गाइसकेकी छन् । उनका ‘अम्बले अम्बले’, ‘लक्पर योन्दोङ’, कस्र्योल पोङ’, ‘साइकोले कोउ’, ‘सिङ्ल म्हने’ ‘गङजोरी तामर म्हेन्दो’, ‘रन्ता तपरीम’ जस्ता गीतहरु चर्चित छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु