• रञ्जित खड्काको मार्मिक लोक गीत “तडपाई“ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०७६, बिहीबार

    रोशन पोखरेल , काठमान्डाँै ।
    ब्लोसम म्युजिक प्रालिको प्रस्तुतिमा रञ्जित खड्काको मनै छुने लोक लयमा आधारित गीत “ तडपाई“ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रञ्जित र निराजन अधिकारीको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।

    आफनी प्रेमिकाले मायामा घात गर्दाको अवस्थालाई गीतमा समेटिएको छ । मायामा धनको पछि लाग्दाको अवस्थालाई निकै कलात्मक रुपमा भिडियो चित्रण गरिएको छ ।जुुनी सगैँ काटने बाचाँ बन्धनमा बाधिदाको अवस्थामा पनी चोट भोग्नुपर्दाको पिडालाई कस्ले पो भुल्न सक्ला र ?

    निराजन अधिकारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ ।

    “ तडपाई“ गीतमा मनिता खुलाल र निराजन अधिकारीको लोभलाग्दो अभिनय रहेको छ ।

    “ तडपाई“ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोेला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु