‘बर्खे झरि’मा निशान भट्टराई र रानु निरौलाको स्वर

म्यूजिक खबर
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
Ranu Niraula_Nishan Bhattarai

काठमाडौं । गायक निशान भट्टराई र गायीका रानु निरौलाको आवाजमा बर्खे झरि गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । किरण भण्डारीको शब्द रहेको बर्खे झरिको संगीत तथा संगीत संयोजन पनि भण्डारीले नै गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन्।

गौरव गिरीले निर्देशन गरेको म्युजिक भिडीयोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियोमा बशन्त कुँवरको छायाँकन, बलभद्र कुवँरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप समाबेश रहेको छ। म्युजिक भिडियोलाई सदिक्षा फिल्म्स अफिसियलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु