र्‍यापर राजा कुमारीले काठमाण्डौंमा कन्सर्ट गर्ने

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७८, आईतवार

काठमाडौं । ग्रामी अवार्ड मनोनीत र्‍यापर राजा कुमारीको काठमान्डौमा कन्सर्ट हुने भएको छ । मंसिर १८ गते काठमाडौँको फरेनहाइट क्लबमा उनले प्रस्तुति दिने भएकी हुन् ।

राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनले बलिउड फिल्म ‘गल्ली ब्वाय’मा केमियो भूमिका पनि निर्वाह गरेकी थिइन् । क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरूले प्रस्तुति दिइसकेका छन् ।

विश्व संगीतका चर्चित नामहरू गिवेन स्टेफानी, फिफ्थ हार्मोन लगायत सँग राजा कुमारीले सहकार्य गरी सकेकी छिन् । उनको कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठका अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागेको जानकारी गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु