रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १३ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७७, शुक्रबार

काठमाडौं : बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १३ औं बार्षिकोत्सब यसपाली फरक ढंगले मनाएको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ बर्ष २०२१ तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको १३ औ बार्षिकोत्सब काठमाडौँको बुढानिलकण्ठमा अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना बृद बृदाहरुलाइ भोजन गराएर तथा अन्य सहयोग गरेर मनाएको छ। बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

ब्यापार ब्यबसाय कोभिड-१९ को कारणले ठप्प भईरहेको अबस्थामा तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठका बुवा धादिङ जिल्लाका पहिलो कानुन ब्यबसायी तथा बरिष्ट समाजसेवी स्व. गोबिन्द बहादुर श्रेष्ठको करिब २ महिना अगाडी स्वर्गारोहण भएको कारणले गर्दा १३ औ बार्षिकोत्सवलाइ फरक शैलीमा असाहय पिडित तथा अनाथ आश्रममा सहयोग गर्दै मनाईएको संरक्षक श्रेष्ठ बताउछन। त्यसैगरी धादिङ तसर्पुमा अवस्थित गरिब जनताहरुलाई नि:शुल्क जनभोजन कार्यक्रममा आर्थिक सेवा गरिने भएको छ। उक्त अबसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिस्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै तेर्हौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा प्रकाश श्रेष्ठले उक्त अबसरमा बताए । काठमाडौं मल, बिजीमल पछि अब छिट्टैनै यहि बर्ष अति सुन्दर,अझै ब्यबस्थित काठमाडौंको मुख्य स्थानमा अर्को भब्य आउटलेट खोल्ने तयारि भईरहेको समेत श्रेष्ठले जानकारी गराएका थिए।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु