रश्मिलाज् फेसियल हाउसकी महिला कामदारलाइ दिनदाहाडै कुटपिट

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७७, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा र अपराधका घटनाहरू विगतमा भन्दा केही मत्थर भइरहेका बेला एक जना युवतीले काठमाडौंको मुटुमा रहेको रश्मिलाज् फेसियल हाउसमा प्रवेश गरी एक जना महिला कामदारलाई कुटपिट गरेकी छिन् ।

बालुवाटारमा बस्दै आएकी कमला (नाम परिवर्तन) भएकी ती युवतीले रश्मिलाज् फेसियल हाउसकी महिला कामदारलाई कात्तिक २१ गते कामगरिरहेको बेला कुटपिट गरेकी हुन् । ती युवतीले कुटपिट गरेको सीसीटीभीको भिडियोमा प्रत्यक्ष रुपमा देखिएको छ ।

भिडियोमा महिला कामदारले ग्राहकलाई सेवा दिइरहेकी छिन् । एकैछिनमा कमला प्रवेश गरेर महिला कामदारलाई कुटपिट गरेकी छिन् । महिला कामदारले कमलालाई कुटपिट गरेकी छैनिन् । नजिक रहेका अन्य कामदारहरूले झगडा छुट्याउन खोजेका छन् ।

कमलाविरुद्ध कुटाइ खाने महिला कामदारले जनसेवा प्रहरी न्युरोडमा उजुरी दिएकी थिइन् । जनसेवाका प्रमुख डिएसपी सुनिलजंग शाहले कात्तिक २३ गते आइतबार मेलमिलाप गरेर पठाइदिएका थिए । एकआपसमा र रश्मिला फेसियलज् हाउसविरुद्ध कुनै गतिविधि नगर्ने सहमति भएको थियो ।

कमलाले आफ्ना हर्कत रोक्न नसकेर रश्मिलाज् फेसियल हाउसविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेकी छिन् । कसैको उक्साहटमा गलत हर्कत गरेकी कमलाले तिहारको बेला नराम्रोसँग दुःख पाउने भएकी छिन् । त्यस्तै भयो भने कमलाको तिहार प्रहरी हिरासतमा हुने पक्का जस्तै छ ।

कमलाविरुद्ध कानूनी कारबाहीमा जाने सञ्चालक प्रकाशकुमार श्रेष्ठले जनाएका छन् । ‘हाम्रो कामदारलाई काम गरिरहेको ठाउँमा पसलभित्रै प्रवेश गरेर कुटपिट गर्ने कुरा सैह्य छैन’, श्रेष्ठले भने, ‘कुटपिटमा उत्रिने युवतीले सामाजिक सञ्जालमा हाम्राविरुद्ध जथाभावी लेखेवापत साइबर अपराध, मानहानीमा काठमाडौं जिल्ला अदालत र जनसेवा प्रहरीमा उजुरी दिने तयारी गरेका छौँ । कानूनी परामर्श भइरहेको छ ।’

श्रेष्ठले भनेका छन्, ‘हाम्रो रश्मिलाज् फेसियलज् फेसियल हाउसमा प्रवेश गरेर आतंक मच्चाउने ती युतवीलाई कानूनी कारबाहीका लागि सबै उपाय अपनाइनेछ ।’ यस्ता हर्कतलाई समयमै रोकथाम गर्नुपर्ने उनले बताएका छन् ।

जनसेवा प्रहरी न्युरोडका प्रमुख सुनिलजंग शाहले दुबै युवतीहरूलाई झिकाएर मिलापत्र गरेर सम्झाइबुझाइ गरी पठाएको बताए । ‘दुई युवतीबीच व्यक्तिगत समस्या रहेछ’, डिएसपी शाहले भने, ‘रश्मिलाज् फेसियल हाउसमा प्रवेश गरेर गुण्डा शैलीमा कुटपिट गरेको सीसीटीभी भिडियोमा हामीले पनि देखेका छौँ । कुनै समस्या छ भने प्रहरी, न्यायालय छ । कानून हातमा लिने अधिकार कसैलाई छैन । मिलापत्र भइसकेपछि सोहीअनुसार गर्नुपर्ने सबैको दायित्व हो ।’

कमला भन्ने ती युवतीलाई प्रतिक्रिया लिन एनसेलको फोनमा सम्पर्क गरिएको थियो । कमलासँग सम्पर्क हुन सकेन । फोनमा सम्पर्क हुन नसकेपछि फेसबुकमा म्यासेञ्जरमार्फत प्रतिक्रिया लिन खोजिएकोमा उनले कुनै प्रक्रिया दिएकी छैनन् ।

दुबै युवतीको नाम व्यक्तिगत गोपनीयताका कारण तत्कालका लागि खुलाइएको छैन । रश्मिलाज् फेसियल हाउसका सञ्चालक श्रेष्ठले कानूनी प्रक्रियामा जान लागेकोले अहिले नै कमलाको तस्वीर र नाम नखुलाउन आग्रह गरेका छन् ।

धादिङ जिल्लाका प्रथम कानून व्यवसायी एवं अधिवक्ता स्व.गोविन्दबहादुर श्रेष्ठको परिवारका सदस्यहरूले सञ्चालन गर्दै आएको रश्मिलाज् फेसियल हाउसमा बेलाबेला विभिन्न आपराधिक समूहले हमला गर्ने गरेका छन्। भिडियो सहित भिडियो सहित :
साभार : दैनिक नेपाल बाट

https://www.facebook.com/lionprakash.shrestha/videos/3557038981026311/?t=42

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु