सांंस्कृतिक संघले कलाकर्मीको राष्ट्रिय प्रशिक्षण भेला गर्ने

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ । नेपाल सांंस्कृतिक संघले देशभरको कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ । संघले यही जेष्ठ १० र ११ गते काठमाडौँमा बृहत कलाकर्मीको भेला गर्न लागेको बिहीबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने संघका महामन्त्री राजेन्द्र खत्रीले बताए । उनका अनुसार समापन समारोहमा भने नेता शेखर कोइराला लगायतका पदाधिकारीहरूको सम्बोधन गर्ने छन् ।

सांस्कृतिक संघले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गहन दायित्व दिएर अगाडि बढाउँदा पार्टीलाई जीवन्त राख्न मद्दत जनाएको छ । राजनीति र राजनीतिकर्मीहरूमा आएको विचलन लोकतान्त्रिक संस्कृतिको मर्म अनुकूल नरहेको स्पष्ट चित्र देखिन थालेका भन्दै संघको चिन्ता व्यक्त गरेको छ ।

‘एउटा लामो कालखण्डसम्म आन्दोलनको नेतृत्व, संविधान अनि देशको सिंगो विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको नेपाली कांग्रेसमाथि आज चौतफ्री प्रहार भइरहेको अवस्थालाई नकार्न सकिँदैन । देशकै मियो पार्टी आफै रक्षात्मक अवस्थामा आइपुग्नु निश्चयनै सुखद संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ ।

धमिलिएको राजनीतिक परिदृश्य सङ्लो बनाउन लाग्नु पर्ने कुरामा दुईमत नभएको संघका अध्यक्ष तीर्थबहादुर थापाले बताए ।
नेपाल संस्कृतीक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु