‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति’ को साधारण सभा तथा अधिवेशन सम्पन्न, सुजन लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिती

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । लोकदोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रको मातहतमा रहेर बिगत देखी लोकदोहोरी कलाकारको संरक्षण, संवद्र्धन तथा संस्कृतीको विकास गर्नको लागी स्थापित संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति को १४ औँ बार्षिक साधारण सभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ । उपत्यका समन्वय समितिको अध्यक्ष पी.एन सापकोटाको अध्यक्षतामा आयोजित उक्त सभामा, लोकप्रिय गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै बिशेष अतिथिमा केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्हाकार चन्द्र शर्मा, रहेका थिए भने केन्द्रीय महासचिव सुवास केसी विशिष्ट अतिथि रहेका थिए । अन्य अतिथिहरुमा, समन्वय समितिका सल्हाकार एवम् कलाकार संरक्षक पृथ्वी थकाली, दुर्गा रायमाझी प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमाल, केन्द्रीय सदस्य, देवी घर्ति, जानकी तारमी मगर, रमेशराज भट्टराई, केन्द्रीय महिला सचिव राधिका हमालको सहभागिता रहेको थियो ।

लोकप्रिय गायिका मन्जु पौडेल, सुनिता दुलाल बरिष्ठ गायक भगवान भण्डारी, लगायत थुप्रै चर्चित एवं लोकप्रिय कलाकारहरुको उपस्थिती थियो ।

सोही कार्यक्रममा केन्द्रीय अध्यक्ष बद्री पंगेनी, केन्द्रीय सल्हाकार चन्द्र शर्मा, महासचिव सुवास केसी, शिव हमाल, गायक बिष्णु खत्री, भगवान भण्डारी, दुर्गा रायमाझी लगायतले शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्य दिने क्रममा गीत चल्दैमा प्रतिष्ठानमा हावी हुने नभई सक्रियता र सांगठनिकतालाई आधार बनाउनु पर्नेमा विशेष अतिथी चन्द्र शर्माले जोड दिएका थिए । मन्तव्यको क्रममा प्रमुख अतिथी बद्रि पंगेनीले भने प्रतिष्ठानका लागि जति गर्नुपथ्र्यो त्यति गर्न नसकिएको तर जति गरियो त्यो महत्वपुर्ण रहेको बताउँदै सबैलाई धन्यवाद दिएका थिए ।
पछिल्लो समयका लोकप्रिय गायक तथा मोडल, उपत्यका समन्यव समितिका सचिव प्रकाश सपूतले कार्यक्रम सञ्चालन गरेका थिए ।
साधारण सभाको अवसरमा उपत्यका समन्वय समितिले ५ औं बार्षिकोत्सवको उपलक्ष्यमा केक पनि काटिएको थियो ।

सो अधिबेशनको निर्णायक मण्डलको संयोजक राजु ढकाल रहेका थिए । असोज १२ गते सम्पन्न भएको अधिबेशनबाट सुजन लम्साल निर्बिरोध रुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई उपत्यका समन्वय समितीका परिकल्पनाकार एबं कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझीले सपथ गराएका थिए ।

यस नव निर्वाचित समितीले बैठक बसी ४ जना मनोनित गर्ने कुरा अधिबेशनबाटै जानकारी गराईएको थियो । साथै निर्वाचन सकिए पश्चात नव निर्वाचित अध्यक्ष सुजन लम्सालले संस्थागत अनुभव सुनाउदै नयाँ ढंगले संस्थालाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

नव निर्वाचित पदाधिकारीहरुलाई उपत्यका समन्वय समितीका परिकल्पनाकार एबं कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझीले सपथ गराएका थिए ।
‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति’ काठमाडौं को ५ औ अधिबेशन बाट चयन भएको नयाँ कार्य समिती यस्तो छ –
नयाँ कार्यसमिती
अध्यक्ष – सुजन लम्साल
बरिष्ठ उपाध्यक्ष – जमुना सनम
प्रथम उपाध्यक्ष – कुमार राना
द्धितिय उपाध्यक्ष – अर्जुन थापा
महिला उपाध्यक्ष – शान्ती श्री परियार
सचिव – रामु खड्का
महिला सचिव – शर्मिला कँडेल
कोषाध्यक्ष – तिलक परियार
सह–सचिव – नरेश खाति र प्रसाद आमिछान
सह–कोषाध्यक्ष – कला लम्साल
सदस्य – रमेशबाबु थापा,
सदस्य – भिमु गुरुङ
सदस्य – दिनेश क्षेत्री
सदस्य – मिना अधिकारी
सदस्य – राजेन्द्र कडेल
सदस्य – शुशिला गौतम
सदस्य – शितल शर्मा
सदस्य – शान्ति सुनार
सदस्य – सुनितामी परियार
सदस्य – भुमिका गिरी
सदस्य – कुशल बेलबासे
सदस्य – प्रितम थापा
सदस्य – राजेश ढकाल
सदस्य – मदन परियार
सदस्य – मिरा गिरी
सदस्य – बालचन्द्र बराल
सदस्य – डोलराज बार्हघरे
सदस्य – मेक्सम खाति
प्रवक्ता – रबिन लामिछाने

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु