• चाइनामा छायाँकन भएको भिडियो कृष्ण रसालको रातलाई चन्द्र

    म्यूजिक खवर
    प्रकाशित: २२ पुष २०७७, बुधबार

    काठमाडौं । म्युजिक भिडियो निर्माणमा पनि प्रतिस्पर्धा देखिएको छ । आफ्नो भिडियो कसरी उत्कृष्ट होस र दर्शक रुचिको बनाउँने भन्ने । यसै क्रममा गायक तथा मोडेल कृष्ण रसालले चाइनाको बिशाल शहर चेंग्दूमा पुगेर भिडियो छायांकन गरि सार्वजनिक गरेको छ । गायक तथा मोडेल कृष्ण रसाललाई गायिका निकिता थापाले स्वरमा साथ दिएकी छन् ।

    ‘रातलाई चन्द्र…’ बोलको गीतको भिडियोेलाई ट्यून नेपालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । प्रभात त्रिपाठीको शब्द, शुभाष भुषालको संगीत, उदय राज पौडेलको संगीत संयोजन तथा कुमार के.सि.को रेकर्डिङ रहेको भिडियोे देवेन्द्र शाहीले खिचेका हुन् । राजेन्द्र पाण्डेको सम्पादन र देवेन्द्र शाही तथा कृष्ण रसालको निर्देशनमा भिडियो तयार पारिएको हो । रोमान्टिक शैलीमा तयार पारिएको भिडियोमा ज्ञानेन्द्र ब. खड्का र चाइनीज कलाकार (यमी)को अभिनय देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु