लोकप्रिय गायक रत्न बानियाँको निधन

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७७, बुधबार
Ratna baniya

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा राति ३ बजे निधन पुगेको पारिवारिक स्रोतले बताएको छ ।

गायक बानियाँको ‘लडाईको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका सयौं गीतहरु चर्चाको शिखरमा छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवं झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामोसमय योगदान दिँदै आएका थिए ।

अमर स्रष्टा रत्न बानियाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । आज ११ः३० बजे पशुपति आर्यघाटमा स्वर्गीय अमर श्रष्टा रत्न बानीयको पार्थीव शरीरमा श्रद्वाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी गराए ।

म्यूजिक खबर परिवार अमर स्रष्टा बानियाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकण गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु