५ वर्षिया बाल गायिका विशेषता पराजुली को दशैँ गीत ‘रातो टिका जमरा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली र गायक विश्वास पराजुली, माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत ‘रातो टिका जमरा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुशी साटासाट गर्नको लागी आफनोे जन्मभुमी मा आउनको लागी गायक निकै आतुर रहेका छन । सोही गीतमा छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना रहेको उक्त गीतमा रविन बजगाईँले छायाँकन, गरेका छन भने राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ ।

परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्य विचको भोगाई लाई गीतमा समेटिएको छ । छोरीले आफनो हृदयको प्यारो बावु लाई भेटन पाउदा आफु खुशी हुनेमा आशावादी रहेको ‘रातो टिका जमरा’ बोलको गीतको भिडियोमा विशेषता पराजुली , माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु