‘रातो टिका निधारमा’ सिनेमाघरमा

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत यो चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेको हो । ए,ए ,ग्रुप अफ कम्पनीबाट निर्माण भएको भलचित्रमा फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक अंकित शर्मा र निता ढुंगानाको अलावा रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहको छ । चलचित्रका निर्माता किरण शर्मा र कृति शर्मा हुन् भने चलचित्रको गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ । हदेव ढुंगाना, डा,कृष्णहरि बराल र रवि मल्लको लेखनमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको उक्त चलचित्र पुरुषोत्तम प्रधानको छायाँकन र मित्र देव गुरुङको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु