• संगीत तथा नाट्यको कुलपतिमा रायन, ललितकलामा कान्छाकुमार

    म्यूजिक खबर
    प्रकाशित: १६ पुष २०७५, सोमबार

    काठमाडौं । सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन) लाई नियुक्त गरेको छ भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का कुलपतिमा कान्छाकुमार कर्माचार्यलाई नियुक्त गरेको छ ।

    त्यस्तै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र पे्रमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त भएका छन् ।

     


    यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का कुलपतिमा कान्छाकुमार कर्माचायर्, उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ । उहाँहरुको कार्यकाल चार वर्षको हुनेछ ।

    दुबै प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्यसचिवले सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ लिइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु