काठमाडौं । गण्डकी प्रदेशको म्याग्दी जिल्लातिर गाउने गरिएको मौलिक भाका ‘रे रे साइँलो’ सार्वजनिक भएको छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ । ‘रे रे साइँलो’ गाउँको रोधीघरको झल्को मेटाउने परिवेशलाई समेट्दै गायक रवि कार्की, कृष्ण केसी, गायिका जमुना राना र दिलु मगरको स्वरमा सार्वजनिक भएको हो ।
कृष्ण केसीको म्युजिक एरेन्जमा रहेको यो गीतमा गीतमा अमृता लुंगेली मगर, कालिका रोका, राम परियार, सुरेश सुन्दासको सामूहिक स्वर रहेको छ । रवि कार्कीको शब्द र संगीत रहेको यस गीतलाई कुमार थापाले मिक्सिङ गरेका हुन् । गीतको म्यूजिक भिडियोमा गायक गायीकाहरु सहित भिडियोमा मोडल दिव्यानी ओली र अनुपा अधिकारीको पनि अभिनय रहेको छ ।