• एक करोड राशीको रियालिटी शो हुने- झापामा २० र २१ गते फिल्ड अडिसन

    म्यूजिक खबर
    प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं । नेपाली संस्कृती, भाषा र गीत संगीतको जगेर्ना गर्ने उदेश्यले इन्ट्रा फाउण्डेसन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशीको रियालिटी शो गर्ने भएको छ । नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ हुने भएको हो ।

    प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागिता रहनेछ । फाउन्डेसनका अनुसार रियालिटी शो प्रथम अडिसन झापाको दमकबाट हुने भएको छ । २० र २१ गते झापाको दमकस्थित श्री सरस्वती मावीमा अडिसन हुने छ ।

    प्रतियोगिताको अडिसन अमेरिका, क्यानडा, युरोप दुबई, नेपाल, भारत थाइल्याण्ड र अष्ट्रेलियामा समेत हुनेछ । नेपालमा हुने अडिसन नेपालगञ्ज बुटवल काठमाडौं र झापामा हुने भएको छ ।

    फिल्ड अडिसन र जज अडिसनबाट विश्वभरका १२० प्रतिस्पर्धी छानिने छन् । छानिएका १२० प्रतिस्पर्धीलाई नेपालको राजधानी काठमाण्डौंमा ल्याई टप १२ मा छानिने कार्यक्रम सञ्चालक घतानीले बताए ।

    ‘मेरो भ्वाइस युनिभर्स’ को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायक समावेश हुनेछन्

    । साथै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने फाउन्डेसनले जनाएको छ ।

    ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    ‘मेरो डान्स युनिभर्स’का विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु