भोजपुरी गीत ‘नाच रे पतरकी’ मा रेविका अधिकारी र सदाम हुसेन

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०८३, आईतवार १७:३६

काठमाडौं । भोजपुरी गीत ‘नाच रे पतरकी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका शिल्पी राज र श्याम राउतको स्वर सजिएको ‘नाच रे पतरकी’ बोलको भोजपुरी गीतमा शब्द अजित मण्डल, संगीत आर्य शर्माको रहेको छ ।

सप्तरंगी फिल्मव्दारा निर्माणमा तयार भएको भिडियो डान्सिङ शैलिको रोमान्टिक रहेको । श्याम राउत र नूर आलम बादशाह निर्माता गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र रेविका अधिकारीको मुख्य अभिनय रहेको छ ।

यसमा छायांकन मिलन थापा, सम्पादन सौखिन तिमल्सिना, कला निर्देशन जटाशंकर गोसाई, मेकअप प्रिया नगरकोटी र निर्देशन सुरेश पाण्डेको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु