
काठमाडौँ । पछिल्लो पुस्तामा आफ्नो दरिलो पहिचान बनाउँदै गरेकी गायिका हुन् रेखा पोखरेल । लोक होस् या आधुनिक उनी सबै विधामा गीत गाउँन सक्षम छिन् र ती गीतमा उनको स्वर फिट सुनिन्छ । यहि क्रमा उनको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली भजन ‘लैजाउ भगवान म पनि तिम्रै भक्त हुँ’ बजारमा सार्वजनिक भएको छ। यो भजनलाई यसअघि गायक शिव शर्माको स्वरमा स्रोताले अत्यधिक रुचाएका थिए । अहिले गायिका पोखरेलले आफ्नै मौलिक र हृदयस्पर्शी शैलीमा गाएर नयाँपन दिएकी छिन्।
शिव शर्माको शब्द, संगीत तथा संगीत संयोजन गरेको पुरानो भजनमा शिव शर्मा र प्रदिप तिवारीको स्वर रहेको छ । भजनलाई ५८ लाख बढी भ्यूज प्राप्त भइसकेको छ । ईश्वरप्रतिको अगाध श्रद्धा, पूर्ण आत्मसमर्पण र सांसारिक दुःख–कष्टबाट मुक्ति पाउने मानवीय पुकारलाई यो भजनमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
रेखा पोखरेलको भावुक अनि मिठो स्वरले भजनको मर्मलाई अझ जीवन्त र मर्मस्पर्शी बनाएको पाइन्छ । रेखाले गाएको भजनमा कोरस भोकल रबिना रसाइली र कल्पना बिकले स्वर दिएका छन् । भजनको भिडियो पनि तयार भएको छ । भिडियोमा स्वयं गायिका रेखा साथीहरुको साथमा देखिएका छिन् । भिडियोलाई ताराकान्त बिक, प्रदिप बोहरा र चन्द्र थापा किरणले छायांकन गरेका हुन् ।
गायिका रेखा पोखरेलको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त भजनलाई अहिले विभिन्न डिजिटल प्लेटफर्महरू तथा सामाजिक सञ्जालमा श्रोताहरूले निकै रुचाएका छन्।