चाइनिज न्यू इयरमा मलेसियामा रिमिक्स धमाका हुँदै

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७६, शुक्रबार
Remix Dhamaka

काठमाडौं । नेपाली कामदारहरुको बाहुल्यता रहेको मुलुक मलेसियामा विगत लामो समयदेखि हुँदै आएको स्टेज कन्सर्ट ‘रिमिक्स धमाका’को १३ औं संस्करण यही चाइनिज न्यू इयरमा हुने भएको छ । नेपालीहरुले मन पराउँदै आएको रिमिक्स धमाका कार्यक्रममा विगतका वर्षहरुमा नेपालका ख्यातिप्राप्त कलाकारहरुले सहभागी जनाइसकेका छन् । यस वर्ष पनि चाइनिज नयाँ बर्षको अबसरमा मलेसियाका तीन ठुला सहरहरुमा नेपाली ख्यातिप्राप्त कलाकार हरुको उपस्थितिमा १३ औं रिमिक्स धमाका हुने भएको हो ।

रिमिक्स धमाकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिँदै आएको भए पनि विगत केही वर्ष कार्यक्रम हुन सकेको थिएन । तर यस वर्षबाट नियमित रुपमा रिमिक्स धमाकालाई संचालन गर्ने योजनामा यो कार्यक्रम सुरु गरेको जिरो माइलका अध्यक्ष राजेस श्रेष्ठले बताए।

रिमिक्स धमाका–१३ यही जनवरी २६ तारीख शनिवार मलेसियाको बातुपहाड, जनवरी २७ तारीख आइतबार चेम्मेर्लाङ जोहोरबारु र जनवरी २८ तारीख क्वालालम्पुरमा हुने आयोजक कमिटिले जानकारी दिए।

कार्यक्रमका लागी नेपालबाट गायक प्रमोद खरेल, मोडल अनु चौधरी, गायक बिबेक लामा, गायक रामजी खाँण र मोडल एलिना राइमाझी जाने तयारी भइरहेको छ । कार्यक्रममा मलेसियामा नै कार्यरत रहेका नेपाली कलाकारले समेत मनोरञ्जन दिने आयोजकले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु