मायामा ‘छलफल’ गर्दै गायिका रेनु

म्यूजिक खबर
प्रकाशित: ७ असार २०७६, शनिबार

काठमाडौं । गायिका रेनु मोक्तानको पछिल्लो गीत छलफल बजारमा आएको छ । सेलो, मारुनी, आधुनिक गीतहरु हुँदै आधुनिक एल्बम ‘परिचय’ बाट सांगीतिक बजारमा एउटा छाप छोड्न सफल भएकी गायिका रेनु मोक्तानको गीत गजलका रुपमा ‘छलफल’ बजारमा आएको हो । प्रकाश सापकोटाको शब्द तथा जितेन लेप्चाको संगीतमा बजारमा आएको छलफलमा रेनुको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजनमा तयार भएको अडियोलाई लिरिकल भिडियो बनाएर हाइलाइटस् म्यूजिकबाट सार्वजनिक गरिएको हो ।

गायिका मोक्तानको अनुरोध पहिलो एल्बम हो भने ‘म्यूजिक डायरी’ कलेक्सन एल्बम हो । पछिल्लो समय उनको व्यस्तता प्रोग्रामहरुमा नै हुने गरेको छ । प्राय गरेर इन्डियाका विभिन्न स्थानहरु, सिक्किम, दार्जिलिङ र पूर्वतिरका जिल्ला झापा, मोरङ, सुनसरीमा उनको उपस्थिति बढि हुने गरेको छ । ‘आधुनिक, तामाङ सेलो, पप आइटम गीतहरु उनको रुचि भित्र पर्छन् । तर लोक आधुनिक गीतहरुमा नै बढी मेरो लगनशीलता रहेको छ ।’ तीन दर्जनभन्दा माथि गीतमा स्वर दिइसकेकी गायिका रेनुलाई मन छुने गीत भने आधुनिक गीत परिचय एल्बमको ‘ढुंगालाई देउता सम्झी’ बन्न सफल भएको छ । यो उनका लागि मात्र होइन स्रोताले धेरै मन पराएको गीत पनि हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु