• टिकटकमा रुचाइयो ‘कस्तो होला भाटु राजाको दरबार’, यूट्युबमा पनि अधिक भ्यूज

    म्यूजिक खबर
    प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार

    काठमाडौं । टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको एक घण्टामै लाख भन्दा बढी दर्शकले हेरेर गीतले चर्चा बटुल्न थालेको छ । गीत अपलोड भएको एक दिन मात्र हुँदा यो समाचार बनाइरहेको समयमा गीतलाई झण्डै तीनलाख भ्यूज प्राप्त भएको छ ।

    रेशम चौधरी र आभा मुकारुङको स्वर कैद गरिएको गीतको संगीत सिर्जना रेशम चौधरी आफैले गरेका हुन् भने शब्द रामचन्द्र बोगटीको रहेको छ ।

    थारु समुदायभित्रको रहन सहन, कला सँस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ आदिको अभिनय रहेको छ । सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशम सागर क्षेत्री हुन् । केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको भिडियोका निर्माता कुमार कार्की हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु