इन्गेज्मेन्ट एनिभर्सरीकै छेकोमा प्रभात बाबुसँग बिहे गर्दै रेश्मा

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

काठमाडौं । नायिका एवं मोडल तथा रियालिटी सो होस्ट रेश्मा घिमिरेले गतवर्ष प्रेमी प्रभात बाबुसँग इन्गेज्मेन्ट गरेकी थिइन् । गएको मंसिर १८ गते यी दुईबीच इन्गेजमेन्ट भएको थियो ।

इन्गेजमेन्ट एनिभर्सरीकै छेकेमा मंसिर १४ गते रेश्मा र प्रभातबीच बिहे हुने भएको छ । प्रभात अमेरिकामा रहेर डाक्टर पढिरहेका छन् भने रेश्मा अहिले नेपाल आइडलको नयाँ सिजनको होस्ट गरिरहेकी छिन् । रेश्मा र प्रभात मंसीर १४ गते वैवाहिक जीवनमा बाँधिदैछन् ।

बिराटनगरमा बिहे कार्यक्रम हुने र काठमाडौंमा बिहे रिसेप्सन आयोजना गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ । रेश्मा सामाजिक संजाल टीकटकमा समेत उत्तिकै चर्चित छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु