• “केशरी” हिट पछि गायिका पुनको नयाँ कौडा गीत

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

    काठमाडौँ । चलचित्र कबड्डी ४ को “केशरी” बोलको कभर गीतपछि चर्चामा रहेकी गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ ।

    हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो । गीतको बोल “शिरको फुल” रहेको छ । गीत सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रियाहरु पाएको रेश्मा बताउछिन् । श्रोता तथा दर्शकको मायाले आफुलाई हौसला मिलेको उनको भनाई छ ।

    गीतमा रेश्मा पुनको स्वर रहेको छ भने लेखु सहयात्रीले शब्द कोरोका छन् । उक्त गितमा करणराज कार्कीको संगीत रहेको छ । मौसम हिमालीको कोरियोग्राफि एंव निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ ।

    यसअघि पनि रेश्माका केशरी बोलको कभर गीत लगायत, मलाई घाम जुन नि चाहिदैंन्,म त पानी बादलु लगायतका थुप्रै गीतहरु चर्चामा छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु