ऋषि खड्का र समिक्षा अधिकारीको नयाँ गीत ‘मया पिरिम’

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार
Samikshya Adhikari

काठमाडौँ । गायक ऋषि खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत ‘मया पिरिम’ सार्वजनिक भएको छ । गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषि खड्का र समिक्षा अधिकारीको नयाँ सागीतिक कोसेली ‘मया पिरिम’ श्रोता दर्शक माझ लिएर आएका छन्। गायक रबिन लामिछानेको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा ऋषि खड्का गायक आफैले संगीत भरेका छन् भने केशव बडुले एरेन्ज गरेका हुन्।

मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडेलअञ्जली अधिकारी र बिजय पुनको अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । शिव शरण न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविन हुन् भने निम्रोध राईले साथ दिएका छन् । भिडियोमा कैद दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् । ‘मया पिरिम’ बोलको गीत गायक ऋषि खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु