उदीयमान प्रतिभाशाली मोडल मृत फेला, प्रहरी अनुसन्धान हुँदै

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०८२, सोमबार १७:४९

काडमाडौं । उदीयमान प्रतिभाशाली मोडल करुणा तामाङको मृत शरीर फेला परेको छ । लोकदोहोरी गायक शंकर क्षेत्रीको टिमको दोहोरी साँझ जुनकिरी रोधी घरमा काम गर्दै आएकी मोडल तामाङले आत्महत्या गरेको बुझिएको छ ।

उनी केहि समय अघि चाडहरु मनाउन घर गएकी उनको कात्तिक १४ गते निधन भएको पुष्टी भएको छ । यस घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ । यतिन्जेल कारण पत्ता लागेको छैन ।

मोडल तामाङ जुनकिरी रोधी घर दोहोरी साँझमा आकर्षक नृत्य गर्ने अनुशासित मोडलको रुपमा परिचित थिइन्। उनी सांगीतिक क्षेत्रमा उदाउँदो प्रतिभाको रुपमा चिनिन थालेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु