कस्तो होला हरिराम र विनिताको ‘चोखो माया’

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार
Binita Gurung

काठमाडौं । युवा पुस्तामा उदीयमान गायक हरिराम परियार र गायिका विनिता गुरुङको स्वरमा नयाँ मौलिक सालैजो गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । फलानो क्रियसनको प्रस्तुतिमा रहेको गीतको अफिसियल म्युजिक भिडियो होम गुरुङको युटुव च्यानलबाट रिलिज भएको छ ।
गोरखामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइरहेका गायक हरिराम परियारको यो सालैजो गीतमा मायाप्रेमसँगै प्रकृतिप्रेमलाई पनि उजागर गरिएको छ । पर्यटकीय नगरी गोरखाको ऐतिहासिक दरबारमा नै छायाँकन गरिएको छ गीतको म्यूजिक भिडियोलाई पनि । पर्यटनका हिसाबले र व्यापारिक हिसाबले मुलुकका विभिन्न जिल्लाहरुको पहिचानलाई पनि गीतमा प्रस्तुत गरिएको छ ।

त्यस्तैगरि गायिका विनिता गुरुङ पनि एक चर्चित अनि लोकप्रिय गायिका हुन, उनको स्वरको फ्यानहरु धेरै छन् । बहुचर्चित गीत ‘गोरखा मनकामना’ गीतबाट आफ्नो छुट्टै पहिचान बनाएकि गायिका गुरुङको पछिल्लो सांगीतिक बजारमा निकै चर्चा बटुल्न सफल भएकी छन् । गायिका बिनतासँगै गायक माधव ढकालले पनि यो गीतमा स्वरमा साथ दिएका छन् ।

यो गीतका शब्द सिर्जना तुलाराम विरहीले गरेका हुन् भने भाका संयोजन हरिराम परियारको रहेको छ । होम गुरुडको उत्कृष्ट निर्देशनमा रहेको गीतमा सविन गुरुङ र रिष्मा आले मगरको अभिनय एवम् डान्सिग फिचर रहेको छ । गोरखाको तल्लो दरबार क्षेत्र गोरखा संग्रहलायका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको छ । भिडियोको छायाँकन अनिल अधिकारीको रहेको छ भने सवास अम्गार्इंको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु