• महोत्सवमा व्यस्त गायिका रिता

    म्यूजिक खबर
    प्रकाशित: ३ माघ २०७०, शुक्रबार

    काठमाडौं, ३ माघ । गायिका रिता बुढाथोकी आजभोलि भने महोत्सवमा व्यस्त हुन थालेकी छिन् । धेरै समय गायनमा लागेको भए पनि खासै चर्चामा नआएकी गायिका लाइभ दोहोरीमा भने राम्रै मानिन्छिन् । दोहोरी साँझमा काम गर्दै आफ्नो गायकीलाई विभिन्न लोकदोहोरीमार्फत प्रस्तुत गर्दै आएकी गायिका रिताले केही समय पहिला नानी आँखामा लोकदोहोरीमा पनि राम्रै प्रशंसा बटुलेकी थिइन् । अहिले भने रिताले धनगढीतिर महोत्सवमा थारु कल्चरका गीतका अलावा आफ्ना चर्चित गीतहरु प्रसतुत गर्दै आएकी छिन् ।
    पछिल्लो समयमा उनले बजारमा ल्याएको गीतिसंग्रह मलाई हेरि मुसुक्क हाँस्यो नि माया बस्यो नि पनिले पनि उनलाई चर्चामा ल्याइरहेको छ । महोत्सवहरुका लागि उनको यो गीत सफल मानिएको पनि छ । लामो समय संघर्ष गरिरहँदा बल्ल आफूलाई यो गीतले महोत्सवमा दौडाएको छ, रिताले भनिन् । हुन त योभन्दा पहिला पनि धेरै नै महोत्सवमा हिंडे पनि मलाई कमैले चिन्थे होलान् तर गायनको निरन्तरतामा म अहिले सफलतातिर लम्किँदै छु, रिताको भनाइ थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु