मनको गीत ‘एउटै छ तन’

म्यूजिक खबर
प्रकाशित: ११ असार २०८०, सोमबार

काठमाडौं । सुमधुर स्वरकी धनि गायिका रिता केसीको स्वरमा ‘एउटै छ तन’ बोलको गीत सार्वजनिक भएको छ । नृपध्वज खड्काको शब्द रहेको उक्त गीतमा राम धिमालको सङ्गीत रहेको छ । यस्तै मनोहर सुनामले सङ्गीत संयोजन गरेको गीतमा भोला पौडेलले मिक्सिङ तथा माष्टरिङ गरेका हुन् ।

यो गीत नृपध्वज खड्काको पल्लवी–४ एल्बमा समावेश भएको गीत हो ।

वीरेन्द्र भाट ‘विपिन’ ले निर्देशन गरेको गीतको भिडियोमा स्वयं गायिका रिता केसी नै देखिन्छिन् । भिडियो छायांकन तथा सम्पादन समेत बीरेन्द्र भाटले नै गरेका हुन् । गायिका केसीले आफ्नै अफिसियल युट्युब च्यानल Rita KC बाट सार्वजनिक गरिएको हो ।
गीतमा एउटा हुन्छ तन, अनि त्यहि तन भित्र रहेको निराकार र शक्तिशाली मनको भावलाई प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु