• रिता केसी र मदनकृष्ण श्रेष्ठको सकारात्मक सोच रहेको गीत ‘हाँस्न हँसाउन’

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७८, मंगलवार

    काठमाडौं । वरिष्ठ गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका रिता केसीको स्वरमा रहेको गीत हाँस्न हँसाउन सार्वजनिक भएको छ । समाजमा सकारात्मक सोच हुनुपर्छ भन्ने भावका साथ तयार भएको यो गीतका रचनाकार सरसफाई विज्ञ र सकारात्मक सोचका अभियन्ता नमस्तेलाल श्रेष्ठ हुन् ।
    मानवीय भाव बोकेको यस गीतले सकारात्मक सोच र आचरण, दया, सेवा र सत्कर्मका लागि आम मानवजातीमा सन्देश प्रवाह गर्न खोजेको पाईन्छ ।
    राजु विश्वकर्माको संगीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लोकप्रिय गायिका रिता के.सी.को स्वर रहेको छ ।

    यस गीतलाई गायिका रिता केसीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोमा रचनाकार नमस्तेलाल श्रेष्ठ र गायिका रिता केसीको अभिनय रहेको छ । राजु विश्वकर्माको निर्देशन रहेको यस भिडियोमा सुरेन्द्र श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । यस गीतको रेकर्डिङ र मिक्सिङ भोला पौडेलले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु